बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजारमा ३८ अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव १४ अंकले बढेर २,०६० दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०५ कम्पनीको २ करोड १३ लाख ६३ हजार ४७४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया