७५३ वटै स्थानीय तहको विकास निर्माण उत्साहवर्द्धक


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको विकास उत्साहवद्र्धक रहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय सरकार बनेपछिको विकास उत्साहवद्र्धक रहेको बताए ।

उनले भने, ‘स्थानीय सरकार बनेपछि अथवा संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि जे जति विकास निर्माणका काम भएका छन् । ती पक्कै पनि मेरो विचारमा सन्तोषजनक छन् । उत्साहवर्द्धक छन् ।’ ७५३ वटै तहको अवस्था हेर्दा विकास निर्माण, संस्कृति, संरक्षण, सम्पदा विकासमा र भौतिक पूर्वाधारमा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

तर पनि सकारात्मक कुरा भन्दा नकारात्मक प्रचार बढी भएको उनको भनाइ थियो । नकारात्कभन्दा सकारात्क कुरालाई जोड दिन अनुरोध गर्दै उनले भने, ‘पोजेटिभ कुरा नदेख्ने बढी भयो ।

यस्तै प्रदेश र स्थानीय तहलाई बलियो बनाउन छिट्टै संघीय निजामति ऐन ल्याउने उनले बताए ।