नेपाल बैंकको सीईओको लागि ५ जनाको नाम छनोट


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि ५ जना उम्मेदवार छनोट भएका छन्। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्टमा राखेको छ ।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त उम्मेदवारहरू छनौट भएका हुन् ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी कार्यविधि, २०८० को दफा ८ ९१०मा भएको व्यवस्थाबमोजिम उम्मेदवाहरुको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनका प्राप्त गरेको कुल प्राप्तांकको योग्यताक्रमका आधारमा ती उम्मेदवार छनोट गरिएको बैंकले जनाएको छ।