जीवन विकास लघुवित्तको लाभांश घोषणा

जीवन विकास लघुवित्तको लाभांश घोषणा



बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४ दशमलव ७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।