हिमालयन रिइन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन



बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन हिजो पुस १ गते भएपनि कम्पनीको आइपीओ सबै नविकेको कारण समय थप गरेको थियो तर, समय थप गरेकै दिन सबै आइपीओ विक्री भएको छ । त्यसकारण आइपीओ आजसम्म मात्रै भर्न पाइनेछ ।

यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत तीन अर्ब रुपैयाँ बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।