आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण


काठमाडौं– आई.एम.ई. लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडि सिर्जनानगर चोकमा स्थानान्तरण गरेको छ। उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह शुक्रबारको दिन सम्पन्न भएको  कम्पनीले जानकारी दिएको छ। आई.एम.ई. लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका हुन।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरू, एजेन्सी म्यानेजर, अभिकर्ताहरूको र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरूमा र अभिकर्ताहरूलाई थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्नुहुने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो। कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो।