बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ प्रणालीमा ६० खर्ब निक्षेप नाघेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो। यो १ दिनमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४९ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो। मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो। बैंकको अन्तरबैंक ब्याजदर भने २।६२ प्रतिशत रहेको छ।



About Us
प्रतिक्रिया