एउटै शब्द ‘पोलिसी रेट’, देशै पिच्छे शब्दावली अनेक


काठमाडौं– नेपाललगायत विश्वभरिका केन्द्रीय बैंकहरू गत साता मौद्रिक नीतिको समीक्षामा व्यस्त रहे । नेपालमा मौद्रिक नीतिको समीक्षा गर्दा प्रयोग हुने ‘पोलिसी रेट’ अर्थात नीतिगत दर भनिने शब्दलाई विश्वभरका केन्द्रीय बैंकहरूले विभिन्न नामले प्रयोग गर्ने गर्दछन् ।

के हाे पोलिसी रेट?
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदरलाई पोलिसी रेट भनिन्छ ।

केन्द्रीय बैंकले बैंकहरूलाई उनीहरूको निक्षेप वा ऋणको लागि क्रमशः भुक्तान गर्ने वा चार्ज गर्ने ब्याजदर हो । यद्यपि नीतिगत दरलाई विश्वभरका केन्द्रीय बैंकहरुले आफ्नै शब्दावलीमा परिभाषित गर्ने गर्दछन्।

केन्द्रीय बैंकले पोलिसी रेट किन चलाउँछ ?

मुद्रा आपूर्तिमा प्रभाव

नीतिगत दर समायोजन गरेर केन्द्रीय बैंकहरूले वाणिज्य बैंकहरूको ऋणको लागतलाई प्रभाव पार्न सक्छ। नीतिगत दरमा हुने परिवर्तनले अर्थतन्त्रमा मुद्रा आपूर्तिलाई असर गर्न सक्दछ ।

मुद्रास्फीतिको लक्ष्य

धेरै केन्द्रीय बैंकहरूले आफ्नो मौद्रिक नीतिमा निश्चित मुद्रास्फीति दरको लक्ष्य राख्दछन । यस्तो मुद्रास्फीति दरलाई नियन्त्रण गर्न यसलाई लक्षित दायराभित्र राख्न केन्द्रय बैंकहरुले नीतिगद दरलाई प्रयोग गर्ने गर्दछन ।

ब्याजदरमा प्रभाव

नीतिगत दरमा भएको परिवर्तनले अर्थतन्त्रका अन्य ब्याजदरहरूमा पनि प्रभाव पार्न सक्दछ । सामान्यतया, नीतिगत दर घटाउँदा ऋणको ब्याजदर कम हुन्छ र यसले कर्जा र खर्चलाई प्रोत्साहित गर्ने गर्दछ ।

आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने वा संकुचन

केन्द्रीय बैंकहरूले ब्याजदर घटाएर मन्दीको अवधिमा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न नीतिगत दर प्रयोग गर्छन्। अर्थतन्त्रमा अत्याधिक परिरहेको चापलाई नियन्त्रण गर्न र मुद्रास्फीतिको उच्च दबाबलाई रोक्न दरहरू बढाउन सक्दछन ।

विनिमय दरमा प्रभाव

ब्याजदरमा परिवर्तनले विनिमय दरलाई पनि असर गर्ने गर्दछ । उच्च ब्याजदरले विदेशी पूँजी लगानीलाई आकर्षित गर्न सक्छ, जसले गर्दा मुद्रा बलियो हुनसक्छ । तर कम दरले त्यसको विपरीत प्रभाव पनि पार्न सक्छ।

आर्थिक स्थायीत्व

केन्द्रीय बैंकहरूले वित्तीय प्रणालीको स्थिरतामा पनि ध्यान दिने गर्दछन । बैंकहरूले वित्तीय असन्तुलन र एसेस्ट बबललाई रोक्न वा सम्बोधन गर्न नीतिगत दरहरू समायोजन गर्न सक्दछन ।

रोजगारी सिर्जनाका लक्ष्यहरू

केही केन्द्रीय बैंकहरूले मुद्रास्फीतिलाई लक्षित गर्नुका साथै रोजगारीका लक्ष्यहरूका बारेमा पनि विचार गरेका हुन्छन । नीतिगत दर मार्फत आर्थिक गतिविधिलाई प्रभाव गर्दै केन्द्रीय बैंकहरुले रोजगारी सिर्जना गर्न योगदान गर्ने लक्ष्य राखेका हुन्छन ।

आगामी मार्गदिशा

केन्द्रीय बैंकहरूले आगामी मार्गदिशामार्फत भविष्यको नीतिगद दर कतातिर जाँदैछ भन्ने आसय व्यक्त गर्दै सरोकारवालाहरुलाई सूसुचित गर्दछ ।

कुन देशमा नीतिगत दरलाई के भनिन्छ ?
पोलिसी रेट’ विश्वमा नामले प्रयोग हुन्छ। देशअनुसार यस्ताे छ केन्द्रीय बैंकहरूले प्रयाेग गर्ने शब्द :