नेप्से परिसूचक २७ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।

साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचक २७ अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढेर २,०२२ दशलमव ३५ को विन्दुमा कायम भएको छ ।

आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । बजारमा कारोबार रकममा पनि सुधार आएको छ । आज दिनभरिमा २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।