१४ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ३३ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो । जसमा २८ दिने ८ अर्ब र १८२ दिने ६ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः माघ २ गते र २०८१ असार ५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल मंसिर २६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि मंसिर २५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।