बैंकिङ्ग प्रणालीबाट थप १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


 काठमाडाैं- बैंकिङ्ग प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज थप १० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।

आज दिउँसाे २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलनको आजै निष्काशन समेत हुनेछ।

 निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

मंसिर महिनाको अहिलेसम्म आठौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न लागेको हो।