बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
साउनदेखि कार्तिकसम्ममा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ५४ करोड बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ८ अर्ब ५१ करोड बराबरको साधारण सेयरसँगै रु. ३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु. २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु. १ अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल रु.१५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य रु. ७८१ अर्ब ३८ करोड रहेको छ ।



About Us
प्रतिक्रिया