बैंकिङ्ग समाचार, काठमाडौं ।
सर्वोच्च अदालतमा बैंक तथा बीमा कम्पनीहरुले दर्ता गरेको मुद्दा हारेका छन् । मुद्दा हारेसँगै अब यही मंसिर मसान्त अर्थात आजै बैंक, बीमा सहित ११ वटा कम्पनीहरुले छ अर्ब चार करोड नौ लाख ८४ हजार ९५५ रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।
बजेटमा उल्लेख भएको व्यवस्था अनुसार मर्जर तथा एफपिओमा कर निर्धारण भएका ११ वटा कम्पनीले पुरानो बक्यौता बमोजिमको मंसिर मसान्तभित्रैमा भुक्तानी गरेका जरिवना तथा ब्याज मिनाहाको व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार उनीहरुले आजै कर तिर्नुपर्ने भएको हो ।
कर तिर्नुपर्ने कम्पनीहरु
स्टाण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ३२ लाख ५५ हजार ९८०, नेपाल एसविआई बैंक १ करोड ७९ लाख ७१ हजार ८०८ , नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्व ३६ करोड ३१ लाख २९ हजार १६, एनएमबी बैंक ७९ करोड ७९ लाख १९ हजार ८९४, नेपाल बैंक ९५ करोड ४९ लाख ८२ हजार ३३२, सिटिजन्स बैंक १ करोड ३९ लाख १४ हजार ७८०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ अब २३ करोड ८ लाख ३० हजार ५२८, शिखिर इन्स्योरेन्स कम्पनी ८ करोड ४३ लाख १३ हजार २०, प्रिमियर इन्स्योरेन्स १३ करोड ८३ लाख १० हजार ७८१ ,पोखरा फाइनान्म ३ करोड ५४ लाख १२ हजार ५१६, बुटवल पावर कम्पती ४९ करोड ९ लाख ४४ हजार ३०० जम्मा ६ अर्व ४ करोड ९ लाख ८४ हजार ९५५ तिर्नुपर्ने भएको छ ।
प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले कर तिर्नुपर्ने छ । सो बैंकले एक अर्ब ३६ करोड कर तिर्नुपर्ने छ । त्यस्तै, सबैभन्दा कम सिटिजन्स बैंकले एक करोड ३९ लाख रुपैयाँ कर तिर्नुपर्नेछ । उल्लेखित कम्पनी बाहेकका थप कम्पनीहरुले पनि अर्बौ रुपैयाँ कर आजै तिर्नुपर्नेछ । १० ११



About Us
प्रतिक्रिया