फरवार्ड माइक्रोफाइनान्समाथि नेप्सेको कारबाही, शेयर कारोबार रोक्का

फरवार्ड माइक्रोफाइनान्समाथि नेप्सेको कारबाही, शेयर कारोबार रोक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । लाभांश निर्णयसम्बन्धी जानकारी कारोबार समयमा नपठाएको भन्दै नेपाल स्टक एक्सचेन्ज नेप्सेले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले यस विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ । कम्पनीले स्पष्टीकरण पेस गरेपछि मात्रै नेप्सेले शेयर कारोबार खोल्ने छ । फरवार्ड माइक्रोफाइनान्सको सञ्चालक समितिले आर्थिक वर्ष २०७९÷८०को वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो निर्णयसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।