प्याब्सनमा एनआईएमबीको डिजिटल बैंकिङ्ग सेवा सुरु


काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले निजी तथा आवसिय विद्यालयहरुको संस्था (प्याब्सन) मा डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

काठमाण्डौंमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

यो व्यवस्था पछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएको छ। साथै डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ।

मङ्सिर २०८० मा हुन गैरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षासम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागित रहने छ ।