नेपालमा घट्दैछ इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या


काठमाडाैं- बैंकिङ्ग सेवामा इन्टरनेट बैंकिङ्गकाे अर्थ इन्टरनेटमार्फत् बैंकहरूले उपलब्ध गराउने वित्तीय सेवा हो। यो सेवामार्फत् ग्राहकहरुले आफ्नो कम्युटरमार्फत् ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रिन्ट गर्ने, नयाँ चेक बुकका लागि अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस जस्ता सेवाहरु उपभोग गर्न सक्छन्।

सञ्चार क्षेत्रमा भएको विकाससँगै सबैको हातमा मोबाइल र सबैको घरमा इन्टरनेटको पहुँच भएकाले पनि आम ग्राहकहरु मोबाइल बैंकिङ्ग सेवामा बढी संलग्न हुने गरेका छन्। बैंकिङ्ग सेवामा इन्टरनेट बैंकिङ्ग बहुउपयोगी भए पनि नेपालमा भने यस्तो सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्या निरन्तर घट्दै गएको छ।

नेपाल राष्ट्र बैंकका अनुुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता ग्राहकको संख्या १६ लाख २५ हजार ९ जना मात्र रहेका छन्। जसमध्ये वाणिज्य बैंकमा ११ लाख दुई हजार ९१५, विकास बैंकहरुमा पाँच लाख सात हजार ९३४ र फाइनान्स कम्पनीहरुमा १४ हजार १६० जना इन्टरनेट बैंकिङ्ग सेवा प्रयोगकर्ताहरु रहेका छन्।

यी सबै गरेर नेपालमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुको संख्या १६ लाख बढी रहेकाे राष्ट्र बैंकले जनाएकाे छ। जुन अघिल्लाे वर्षकाे तुलनामा ९४ हजार ७२४ जनाले कम हो। गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुमा १२ लाख ८६ हजार पाँच सय २९, बिकास बैंकहरुमा चार लाख २२ हजार तीन सय ७९ र फाइनान्स कम्पनीहरूमा १० हजार आठ सय २५ समेत गरी कुल १७ लाख १९ हजार सात सय ३३ इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरु रहेका थिए।