सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच सम्झौता


काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अक्टेभ काठमाडौंबीच समझदारी भएकाे छ। सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा बुधबार दुवै पक्षले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न उक्त सम्झौता गरेकाे हाे। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ।