मंसिर सकिन लाग्दा निरन्तर घट्दै सुनकाे मूल्य, चार दिनमा २८ सयले घट्याे

मंसिर सकिन लाग्दा निरन्तर घट्दै सुनकाे मूल्य, चार दिनमा २८ सयले घट्याे


काठमाडाैं– नेपाली बजारमा यस साता निरन्तर ओरालो लागिरहेकाे सुनकाे मूल्य बुधबार पनि घटेकाे छ। बुधबार सुनकाे मूल्य ३०० रूपैयाँले ङटेर प्रतिताेला १ लाख १६ हजार रूपैयाँमा काराेबार भइरहेकाे छ।

आज सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार हुँदैछ।

विवाहका लागि शुभ महिना मानिने मंसिर महिनामा बिहेका लगन सकिनै लाग्दा सुनकाे मूल्य घट्दै गएकाे देखिएकाे हाे। नेपाल सुनचाँदी महासंघका अनुसार विगत ४ दिनमा सुनकाे मूल्य २८ सय रूपैयाँले घटेकाे छ।

मंगलबार सुनकाे मूल्य प्रतिताेला सात रूपैयाँ, साेमबार प्रतिताेला पाँच सय रूपैयाँ र आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले सुनकाे मूल्य घटेकाे थियाे।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ।