हिमालय एअरलाइन्सकाे काठमाडौं–चोङकिङ सिधा उडान पुनः सुचारु


काठमाडौं- नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ। बुधबारदेखि एयरलाइन्सले उडान पुन: सुचारू गरेकाे हाे। यो सेवा विस्तारलेनेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने कम्पनीकाे भनाइ छ।

यस काठमाडौँ–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ।

पहिलो आउटबाउन्ड उडान, एच ९ ७८७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको १५ः५० बजे अवतरण गर्ने जानकारी कम्पनीले दिएकाे छ। यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ।

पहिलो उडानमा एक सय पच्चीस यात्रु लिएर जहाज उडान गरेकाे थियाे।

एयरलाइन्सले आजबाट हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक काठमाडाैं-चेइकिङ दाेहाेराे उडान गर्नेछ। एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।