बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते अन्तिम मौका रहेको छ। कम्पनीले भोलि मंसिर २८ गते बुक क्लोज गर्दैछ। यसको आजसम्म कायम शेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
नेपाल इन्स्योरेन्सले ७५ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस १३ गते डाकेको छ। सभा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।



About Us
प्रतिक्रिया