आजदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला, प्रिमियम मूल्यमा प्रति कित्ताको २०६ रुपैयाँ


काठमाडौं– आज (मंसिर २७) देखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला भएको छ। कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गरेको हो।

अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर जारी गरिएको हो। आगामी पुस ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा जाने नेपालीका लागि ३० लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता र कर्मचारीहरूका ६ लाख कित्ता कम्पनीले सेयर बाँडफाँड गरिसकेको छ।

हिमालयन रिइन्सोरेन्स २०७८ असारदेखि सञ्चालनमा आएको निजी क्षेत्रको पहिलो पुनर्बिमा कम्पनी हो। कम्पनीको वित्तीय स्थिति गत आर्थिक वर्षको अन्त्यसम्ममा बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ र सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आईपीओबाट रकम संकलनपछि कम्पनीको कुल सेयर पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ।