काठमाडाैं- धादिङका निरज थापाले इसेवाको अकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा ३५० सीसीको मोटरसाइकल पाएका छन्। विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरिएकाे छ।
इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरज थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरे। मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए।
चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्न सुझाएका थिए।
भुक्तानी सेवा प्रदायक इसेवाले भदाै २० देखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो। यस अफरमा इसेवा अकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत् भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए।



About Us
प्रतिक्रिया