तोलामा सात सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर


बैंकिङ्ग समाचार, काठमाडौं ।

मंगलबार सुनको मूल्य सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो सातको लगातार तीन दिन सुनको मूल्य घटेको हो । योसँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार तीन सय कायम भएको छ । तेजाबी सुनको मूल्य भने आज एक लाख १५ हजार सात सय ५० रुपैयाँ कायाम भएको छ ।

छापावाल सुनको मूल्य सोमबार एक लाख १७ हजार थियो । हिजो तेजाबी सुनको मूल्य एक लाख १६ हजार चार सय ५० रहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।