काठमाडौं– प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडाैं महानगरपालिका ३२ बस्ने शेरबहादुर मगर र ललितपुर महानगरपालिका १४ थसिखेल दीपेन्द्र कोइरालालाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मगरलाई आइतबार ललितपुरको हात्तिवन र काेइरालालाई सोमबार ललितपुरकै थसिखेल क्षेत्रबाट पक्राउ गरिएको हो।
मगरउपर बैंकिङ्ग कसुर मुद्दामा सात करोड ९७ लाख ५० हजार बिगो रकम कायम रहेकाे छ। उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको छ।
कोइरालाउपर पनि उच्च अदालत पाटन ललितपुरले २०७७ चैत ३१ गते बैंकिङ्ग कसुर मुद्दामा नौ लाख जरिवाना र ३६ हजार रुपैयाँ क्षतिपुर्ती भराउने फैसला गरेकाे थियाे। सो फैसलापश्चात् फरार रहेका कोइरालालाई सोमबार पक्राउ गरी ललितपुर जिल्ला अदालत पठाइएको सूचना अधिकारी रेग्मीले जानकारी दिए।



About Us
प्रतिक्रिया