काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सर्किट ब्रेक लागेर २ घण्टामै बन्द भएको सेयर बजारमा आज सेलिङ प्रेसर देखिएको छ।
आइतबार तीन घण्टाअगावै बन्द भएकाे बजार उच्च अंकले बढेकाे थियाे। लामाे समयदेखि बियरिस ट्रेन्डमा रहेको सेयर बजार १११ दशमलव २० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द भएकाे थियाे।
२०७८ मंसिरको ३० मा पनि बजार ६ प्रतिशतले बढेर कारोबार स्थगित भएको थियो। त्यसयता पाेजेटिभ सर्किट नलागेकाे सेयर बजारमा आइतबार उत्साह देखिएकाे थियाे। यद्यपि, पाेजेटिभ सर्किट लागेकाे दाेस्राे दिन लगानीकर्ताले ‘नाफा सेभ’ गर्न खाेज्दा सेलिङ प्रेसर देखिएकाे छ।
बिहान १०ः३० मा खुलेको प्रि–ओपनिङ कारोबारमा नेप्से परिसूचक २५ अंकले बढेको थियो। तर ११ बजे नियमित कारोबार सुरु भएसँगै कारोबारमा तीव्र वृद्धि देखियो। सेयर कारोबार बढेसँगै उतारचढावका बीच नेप्से परिसूचक १५ दशमल ४० अंकले घटेर आज एक हजार ९४८ दशमलव ५७ बिन्दूमा बजार बन्द भएको छ।
आज ४ अर्ब ८४ कराेड रूपैयाँकाे सेयर काराेबार भएकाे छ।
साेमबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेकाेमा विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ देखिएकाे छ।
प्रतिक्रिया