बैंकिङ्ग समाचार, काठमाडौं ।
विदेशी विनिमय कारोबारको इजाजतपत्र लिन बैंकहरुले ५ लाख शुल्क तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा संशोधन गरेको हो। संशोधित विनियमावलीअनुसार बैंकहरुले विदेशी विनियम कारोबारको इजाजतपत्र प्राप्त गर्न वाणिज्य बैंकहरुले एकमुष्ठ ५ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी राष्ट्रियस्तरका विकास बैंकले यस्तो इजाजतपत्र प्राप्त गर्न एकमुष्ठ १ लाख रुपैयाँ र प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरुले एकमुष्ठ २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
राष्ट्रियस्तरबाहेकका वित्तीय संस्थालाई आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागबाट त्यस्तो इजाजतपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
वित्तीय संस्थाले विदेशी विनिमयको कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टर तोकी त्यस्ता शाखा तथा एक्सटेन्सन काउन्टरबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया