काठमाडाैं- कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिस प्रालिबीच ‘फाइभ इन वन’ सेवा सम्झौता भएकाे छ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालोसँग सम्झौता गरी ‘फाइभ इन वन सेवा’ सार्वजनिक गरेको हाे। यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयरलगायतका सुविधा हातेमालाेबाट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराइएको बैंकले जनाएकाे छ।
काठमाडौंस्थित, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५ वटा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत् सेवाहरु प्रदान गर्दै आएको छ।



About Us
प्रतिक्रिया