काठमाडौं– सरकारले खर्चको स्रोत जुटाउनका लागि ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सोमबार नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत् ऋण उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार आज रु ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १८ अर्ब १५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुँदैछ।
केन्द्रीय बैंकले सोमबार १८२ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो।
एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो। ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिन्छ।
ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ। ट्रेजरी बिललाई प्रमिसरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सक्छन्।



About Us
प्रतिक्रिया