काठमाडौं– साताको पहिलो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ।
बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर १९२६ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो। २० मिनेटपछि बजार खुलेको २ मिनेटमै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो।
त्यसपछि ४० मिनेट बन्द भएर कारोबार खुलेको पुनः २ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो।
आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेर १९६३ अंकमा कायम भएको छ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएपछि लगानीकर्ताहरूले यस्तो नीतिलाई सकारात्मक रुपमा लिएका थिए ।
राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो।



About Us
प्रतिक्रिया