सेयर बजारमा दाेस्राे सर्किट ब्रेक, ४० मिनेटका लागि काराेबार बन्द

सेयर बजारमा दाेस्राे सर्किट ब्रेक, ४० मिनेटका लागि काराेबार बन्द


काठमाडाैं- २० मिनेट स्थगित भएर खुलेको सेयर बजारमा दाेस्राे सर्किट ब्रेक लागेकाे छ। बजार खुलेकाे कारोबारमा २ मिनेटमै ५ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेकाे हाे।

नेप्से परिसूचक ५ प्रतिशतले बढेर ९२.७३ अंकले बढेर १ हजार ९४९.५१ अंकमा पुगेकाे छ। ४ हजार ३७६ पटकमा २९ कराेड ६० लाख रूपैयाँकाे सेयर खरिद-बिक्री भएकाे छ।

यसअघि नेप्से परिसूचक ४ प्रतिशतले बढेर १९२६ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियाे।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएपछि लगानीकर्ताहरूले यस्तो नीतिलाई सकारात्मक रुपमा लिएका थिए ।

राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो।