काठमाडाैं- बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज एकैदिन २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।
आज दिउँसाे २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलनको आजै निष्काशन समेत हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। केन्द्रीय बैंकले १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट निक्षेप संकलन गर्न लागेकाे हाे।
मंसिर महिनाको अहिलेसम्म साताैंपटक निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न लागेको हो।
राष्ट्र बैंकले गत बिहीबार २५ अर्ब रुपैयाँ निक्षेप खिचेकाे थियाे।



About Us
प्रतिक्रिया