बैंकिङ्ग समाचार, काठमाडौँ ।
नेप्से परिसूचक ४ प्रतिशतले बढेर १९२६ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको ५ मिनेटमै सर्किट ब्रेक लागेको हो। ७४ अंकले बजार बढ्दा यतिखेरसम्म १६ करोड ५२ लाख रूपैयाँको सेयर किनबेच भएको छ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
शुक्रबार राष्ट्र बैंकले जवारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएपछि लगानीकर्ताहरूले यस्तो नीतिलाई सकारात्मक रुपमा लिएका थिए ।
राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो।
प्रतिक्रिया