बैंकिङ्ग समाचार, काठमाडौं ।
आलु र प्याजको भ्याट विवादले आयातकर्ता नै हडतालमा उत्रिए होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन्। सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् ।
भ्याटका कारण व्यवसायी विरोधको कार्यक्रममा छन् । उनीहरूले स्वदेश र भारतबाट समेत आलु–प्याज ल्याएका छैनन् । कालीमाटी बजारमै आलु–प्याज नभएपछि मूल्य नराखेका हौं । हड्तालका कारण किसानले फलाएको आलु बारीमै थन्किएको छ। किसानले मूल्य नपाउने तर आम उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएको छ । आलुको सिजन भएकाले किसानले बारीको उत्पादन निकालेर बसेका छन्। व्यवसायीले नकिनिदिँदा किसानले मूल्य नपाउने तर सर्वसाधारणलाई चर्को मूल्य पर्ने अवस्था हुने देखियो, अहिलेको समस्या समधान गर्न सबैले सहजीकरण गर्नुपर्छ।’समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने
आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन । ठूला व्यापारीको हडतालका कारण खुद्रा बजारमा आलु र प्याज पाइएको छैन । पाइहाले पनि महँगो मूल्य तिर्नुपर्छ । आलुको सिजन भए पनि होलसेलमा किलोकै ५० देखि ५५ रुपैयाँमा किन्नुपरेको छ । खुद्रामा बिक्री गर्दा धार्नीको १८० देखि २ सय रुपैयाँ छ एक खुद्रा व्यापारीले भने, सिजनमा आलुको भाउ सस्तो हुनुपर्ने हो । तर बजारमा सहजै पाइँदैन ।
प्याजको अवस्था पनि उस्तै छ । समितिका अनुसार सामान्यतया कालीमाटी तरकारी बजारमा दिनको १ सय ५० देखि २ सय टन आलु भित्रिन्छ । सिजनमा करिब ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय आलु भित्रिन्छ । यसैगरी दिनको ८० देखि ९० टन प्याज भित्रिन्छ । तीन दिनदेखि कालीमाटी तरकारी बजारमा प्याज भित्रिएको छैन । खुद्रा बजारमा अभाव सुरु भइसकेको छ । खुद्रा व्यवसायीका अनुसार धेरै पसलमा प्याज पाउन छाडिसक्यो ।
प्याज भने धेरैजसो भारतकै उत्पादन हो । तर तीन दिनदेखि कालीमाटी तरकारी बजारमा प्याज भित्रिएको छैन । खुद्रा बजारमा अभाव सुरु भइसकेको छ । खुद्रा व्यवसायीका अनुसार धेरै पसलमा प्याज पाउन छाडिसक्यो ।
सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि भ्याट खारेजको माग गर्दै उनीहरूले विरोध गरेका थिए। केही व्यापारीले झन्डै १० दिन कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु आयात नै गरेनन्। कालीमाटीमा नआएपछि त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी सुरु गरेका थिए।
बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो। त्यसपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १३ वटा ठूला गोदाममा छापा मारेको थियो। त्यसले भने मूल्यमा केही नियन्त्रण ल्याए पनि अहिले फेरि भ्याट विवादले आयात बिक्री बन्द भएको छ।
‘अनुगमनका क्रममा नेपाली उत्पादनमा पनि भ्याट लाग्ने जस्तो व्यवहार गरियो। नेपाली उत्पादन नै बेच्न नपाउने भएपछि भारतबाट मात्रै किन ल्याउने ? राज्यको नीति र कामकारबाहीले आयात र बिक्री गर्ने अवस्था नै रहेन।’ महासचिव गजुरेलले भने



About Us
प्रतिक्रिया