राष्ट्र बैंकलाई मौद्रिक नीति खुकुलो बनाउन अर्थमन्त्री महतको निर्देशन


नपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाउन निर्देशन दिएका छन् । बिहबिार अर्थमन्त्रालयमा गर्भनरसहितको राष्ट्र बैंक बोर्डसँग छलफल गर्दै मन्त्री महतले मौ्िरक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन निर्देशन दिएका हुन् ।

मन्त्री महतले घरजग्गा, शेयरलगायत अन्य कारोबार लगायतमा सहज हुने मौद्रिक नीति ल्याउन सुझाव दिनुभएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गर्ने मौद्रिक नीतिबारे बोर्ड बैठकमा व्यापक छलफल भएको बुझिएको छ ।

राष्ट्रबैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतकाअनुासार अहिले सेयर धितो कर्जामा लगाइएको १५ तथा २० करोड रुपैयाँको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न मन्त्री महतले भनेका छन् । त्यस्तै घरजग्गासम्बन्धी ऋणमा पनि जुनसुकै ऋणमा जोखिम भार शतप्रतिशत मात्रैकायम गराउन उनले निर्देशन दिएका छन् ।