बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले यही मंसिर २९ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको बिक्री खुला गर्ने भएको छ। बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्ने छ।
कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।
सर्वसाधारणलाई छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले हुने आउने ६० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया