सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त



बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।