दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन एक करोडमाथि



बैंकिङ्ग समाचार, काठमाडौं ।
लघु जीवन निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कार्तिक मसान्तसम्म एक करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल बीमा प्राधिकरणले जारी गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमालेखतर्फ सुरु चार महिनामा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन हजार ४०५ बीमालेख जारी गरेर ६१ लाख रुपैयाँ आर्जन गरेको छ । कार्तिक महिनामा मात्रै नेपाल माइक्रोले एक हजार ७३८ बीमालेख जारी गरेर ३० लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कार्तिक महिनामा नेपाल माइक्रो इन्स्योरेन्सको कुल बीमाङ्क रकम १२ करोड २९ लाख छ भने प्रोटेक्टिभको कुल बीमाङ्क रकम ३२ करोड ४८ लाख रुपैयाँ छ । कार्तिक महिनामा मात्रै नेपाल माइक्रोले लघु बीमालेखतर्फ ३० लाख ८५ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई हजार २४५ बीमालेख जारी गरेर एक करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्रोटेक्टिभले ४५ लाख १३ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् । लघु बीमालेखतर्फ प्रोटेक्टिभले दुई हजार २४५ बीमालेखबाट एक करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको वित्तीय विवरण अनुसार प्रोटेक्टिभको कुल बीमाङ्क रकम ३२ करोड ४८ लाख रुपैयाँ छ ।