नेको इन्स्याेरेन्सले यस वर्ष लाभांस वितरण नगर्ने

नेको इन्स्याेरेन्सले यस वर्ष लाभांस वितरण नगर्ने


काठमाडौं– नेको इन्स्योरेन्स कम्पनीले यस वर्ष आफ्ना शेयरधनीलाई लाभांस वितरण नगर्ने भएको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।

कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरिएको छ। प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीले साधारणसभाको मिति तय गर्नेछ।