बैंकिङ्ग समाचार,काठमाडौं ।
मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका आरुष भट्टराईले ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’ अवार्ड जितेका छन्। १२ वर्षीय भट्टराई नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मलेसिया पुगेका थिए।
उनले विभिन्न देशका प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन्।
स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले ‘विनर किड इन्टलिजेन्ट र ग्रान्ड विनर किड्स युनिभर्स’ विधामा जित हात पारेका छन्। कार्यक्रममा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी थिए।

प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारका साथै नेपालको पर्यटन समेत प्रवर्द्धन गरेका थिए।
यसैगरी एल्भिरा महर्जनले ‘मिस किड एलुरिङ अरा ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’को उपाधि हासिल गरेकी छन्। दुवैको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन्।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए।
यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्धारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ मा सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ की विजेता हुन्।



About Us
प्रतिक्रिया