बैंकिङ्ग समाचार, काठमाडौं।
नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्न लागेको हो।
सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोल मंगलबार दिउँसो २ बजेसम्म हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
उक्त ऋणपत्र धितो राखेर कर्जा लिन/दिन पाइनेछ।
विकास ऋणपत्रको निष्काशन भने मंसिर २० गते हुने बताइएको छ। विकास ऋणपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन जारी हुने गरेको छ।



About Us
प्रतिक्रिया