बैंकिङ्ग समाचार, काठमाडौं–
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई स्पष्टीकरण सोधेको छ।
गत मंसिर १६ गते बसेको कम्पनीको बैठकले गरेको लाभांस घोषणाको जानकारी तोकिएको समयभित्र नदिएपछि नेप्सेले स्पष्टीकरण सोधेको हो।
कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१)मा भएको व्यवस्था अनुसार लाभांस घोषणासम्बन्धी जानकारी सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्दछ।
तर तारागाउँले मंसिर १७ साँझ ५ः१५ मा मात्रै उक्त जानकारी नेप्सेमा पठाएको थियो। ढिलोगरी लाभांस घोषणाको जानकारी गराएपछि २४ घण्टा भित्र सो निर्णयको जानकारी नपठाएको भन्दै नेप्सेले समयसीमाभित्र के कारणले जानकारी गराउन नसकेको भन्दै तीन दिने स्पष्टीकरण सोधेको हो ।





About Us
प्रतिक्रिया