एनसेल(६ अर्ब ६५ करोड रुपैयाँ)मा बिक्री

दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद


बैंकिङ्ग समाचार, काठमाडौं ।

दोहोरो कर, सन् २०२९ मा कम्पनीको लाइसेन्स खारेज हुन सक्ने सरकारी प्रावधानको जोखिम र नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि असहज अवस्थालगायतका कारण आजियटा नेपालबाट बाहिरिन बाध्य भएको हो, कम्पनीले भनेको छ, ‘बिक्री मूल्यको ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र तिरिसक्नुपर्ने र बाँकी रहेको रकम ४ वर्षभित्र बुझाई सक्नुपर्ने गरी सम्झौता गरिएको छ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि खुसी भएको बताउँदै नयाँ लगानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक कम्पनीका रूपमा अघि बढाउने छु । ‘आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरू घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाइनेछ, जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछु’।

दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ। सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको थियो। उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यको नाममा गत सेप्टेम्बर २६ मा एक पाउन्डमा स्पेक्ट्रलाइट यूके नामक कम्पनी दर्ता गरी एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो।

यसअघि एनसेल ८० प्रतिशत सेयर खरिद/बिक्रीको कारोबार पनि विदेशमै भएको थियो। ट्याक्स हेभन (कर छलीका लागि अनुकूल मानिने) देशमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ कम्पनीको स्वामित्व परिवर्तन गरी खरिदबिक्री गर्दै आइएको छ। यस पटक पनि सोही प्रवृत्ति दोहोरिएको छ।

एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ। आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेले बिक्रीमा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विज्ञप्तिमार्फत जनाएको छ।

आजियटाले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा आचार्यसमेतको सो कम्पनीले ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा सेयर खरिद गरेको घोषणा गरिएको छ। जबकि यो ८० प्रतिशत सेयर २०७२ सालमा आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यस बेलाको विनियम दरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा टेलिसायोरासँग खरिद गरेको थियो। आठ वर्षअघि भएको उक्त कारोबार रकम अंकको ९६ प्रतिशत कम मूल्यमा अविश्वसनीय ढंगले ८० प्रतिशत सेयर खरिदबिक्री भएको छ। अफसोर कारोबार गरी बाँकी ८० प्रतिशत सेयर पनि आचार्य दम्पतीले नै खरिद गरेका हुन्।

यसअघि एनसेल ८० प्रतिशत सेयर खरिद/बिक्रीको कारोबार पनि विदेशमै भएको थियो। ट्याक्स हेभन (कर छलीका लागि अनुकूल मानिने) देशमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ कम्पनीको स्वामित्व परिवर्तन गरी खरिदबिक्री गर्दै आइएको छ। यस पटक पनि सोही प्रवृत्ति दोहोरिएको छ। एनसेलको मूल कम्पनी मेरो मोबाइलले १६ भदौ २०६१ मा जीएसएम मोबाइल सेवाका लागि पहिलो पटक अनुमति प्राप्त गरेको थियो। त्यसयता सो कम्पनी नेपालको टेलिकम बजारमा एक मुख्य सेवा प्रदायक रहँदै आएको छ। एनसेलका अहिले पनि झन्डै १ करोड ६३ लाख ग्राहक रहेको कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ।

एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको भनिएको स्पेक्ट्रलाइट यूके लन्डनस्थित वान लिफ्ट प्लेसमा छ। यो कम्पनी औद्योगिक प्रकृतिको व्यवसायका लागि खोलिएको बेलायती कम्पनी रजिस्ट्रार कार्यालयको वेबसाइटमा उल्लेख छ। आजियटाले आफ्नो घोषणामा सन् २०१६ मा १.३६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको कम्पनी अहिले झन्डै एक तिहाइ कम मूल्य अर्थात् ५ करोड डलरमा बिक्री गरेर बाहिरिएको आधिकारिक घोषणा गरेको छ।

मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले नेपालमा व्यावसायिक चुनौती बढ्दै गएकाले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्नुपरेको भन्ने व्यहोराको घोषणा बुधबार गरेको थियो। दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजियटा बाहिरिएको अनुमान गरेका छन्।

नेपालस्थित एनसेलले पनि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियटा यूके लिमिटेडबीच एनसेलको सेयर खरिदबिक्री कारोबारका लागि सम्झौता भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ। ‘यो सम्झौताबमोजिम स्पेक्ट्रलाइट यूकेले आजियटाको सेन्टस् किटस् एन्ड नेभिसमा रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको एक सय प्रतिशत स्वामित्व लिनेछ। एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्ड्स होल्डिङसँग रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतीशलाल आचार्य हुन्। उनी सिंगापुरमा रहेका नेपाली मूलका व्यवसायी हुन्।’ उनले दूरसञ्चार क्षेत्रमा आफ्नो बृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौं ग्राहकलाई परिष्कृत सेवा प्रदान गर्न दाबी गरेका छन्।