बैंकिङ्ग समाचार, काठमाडौं ।
१६ प्रतिशतभन्दा बढी ब्याजदर हुँदै नभएको भन्दै गभर्नर अधिकारीले अहिले बजारमा केही जमातले बैंकहरूले योभन्दा बढी ब्याज लिएको भनेर हौवा फैलाइएको बताएका हुन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए बैंक ‘स्टेटमेन्ट’ लिएर आउन भनेका छन्। ‘ऋण तिर्ने योजना बनाउन नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन्,’ गभर्नरले भने, ‘यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन। व्यवसायीको योजना नहुनु पनि हो।’ ब्याजदर बढेको कारण व्यवसायमा कति समस्या परेको छ भन्ने कुराको विश्लेषण नभएको समेत उनले बताएका छन्।
व्यवसायको सम्पूर्ण लागतमा ब्याज लागत धेरै नहुने भए पनि सबैले यसैलाई मुद्दा बनाइरहेको समेत उनको भनाइ छ। पछिल्लो समय मुलुकमा देखिएको आर्थिक शिथिलता र कसिलो प्रावधानको कारण बैंकहरूको खराब कर्जा बढेको भएपनि यो ठूलो समस्याको रुपमा नरहेको बताएका छन्। आफ्नो कार्यक्षेत्रभित्रको जुनसुकै सुधार गर्न राष्ट्र बैंक तयार रहेको र स्थिरताको विषयमा सम्झौता नगर्ने समेत उनले स्पष्ट पारेका छन्। अर्थतन्त्रका धेरै सूचक जोखिम मुक्त नभएकोले सबैले बहससहित यसको समधानमा केन्द्रित हुनु पर्ने बताए।उच्च ब्याजदर, घट्दो माग, घट्दो पुँजी बजार र घरजग्गाको मन्दीले समस्या परेको हो भए पनि अहिले यी क्षेत्र समधान उन्मुख देखिएको समेत खड्काले बताए।
अहिले घरजग्गाको कारोबारमा सुधार भइरहेको, पर्यटन आगमन कोभिड पूर्वको अवस्थामा रहेको समेत बताएका छन्। बजेटका उद्देश्य पूर्ति गर्ने गरी मौद्रिक नीति आएको र अहिले बाहिर हल्ला भएजस्तो अर्थमन्त्रालय र राष्ट्र बैंकबीच कुनै समस्या नरेको समेत उनले प्रष्ट्याएका छन्। कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अहिले अपेक्षित राजस्व नउठेको र पुँजीगत खर्च हुन नसकेकोले समस्या देखिएको बताएका छन्।
राष्ट्र बैंकले जहिले पनि दीगो विकासमा ध्यान दिने गरेको र यही कारण मुलुकको विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च भएको उनले बताएका छन्। गभर्नर अधिकारीले अहिले विदेशी मुद्रा सञ्चितिले पुग्दैन की भन्ने चिन्ता गर्नुपर्ने अवस्था नरहेको र यही नै अहिलेको सबल पक्ष भएको बताएका छन्।
प्रतिक्रिया