बैंकिङ्ग समाचार, काठमाडौं ।
‘बैंक अफ दि इयर २०२३’ को उपाधिबाट प्रभु बैंक सम्मानित भएको छ । बेलायतको लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अशोक शेरचनले उक्त सम्मान ग्रहण गरेका हुन् ।
उक्त अवार्ड वितरण कार्यक्रममा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको उपस्थिति रहेको थियो ।
विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी बैंकका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको प्रभु बैंकले जनाएको छ ।
२००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको प्रभु बैंक आज ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम मार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढीलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रतिक्रिया