बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कुनै बैकले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् । नियमबिपरित बढी व्याज लिने बैंकबाट राष्ट्र बैंकले ब्याज फिर्ता गराउने उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज सेजन को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अघिल्लो वर्षमा लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब २६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, बैंकले बढी ब्याज लिए भनेर बाहिर वहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।
व्यवसायको सम्पूर्ण लागतमा ब्याज लागत धेरै नहुने भए पनि सबैले यसैलाई मुद्दा बनाइरहेको समेत उनको भनाइ छ।
आफ्नो कार्यक्षेत्रभित्रको जुनसुकै सुधार गर्न राष्ट्र बैंक तयार रहेको र स्थिरताको विषयमा सम्झौता नगर्ने समेत उनले स्पष्ट पारेका छन्।
आफ्नो कार्यक्षेत्रभित्रको जुनसुकै सुधार गर्न राष्ट्र बैंक तयार रहेको र स्थिरताको विषयमा सम्झौता नगर्ने समेत उनले स्पष्ट पारेका छन्।
पछिल्लो समय मुलुकमा देखिएको आर्थिक शिथिलता र कसिलो प्रावधानको कारण बैंकहरूको खराब कर्जा बढेको भएपनि यो ठूलो समस्याको रुपमा नरहेको बताएका छन्।






About Us
प्रतिक्रिया