बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज बिहीबार साँझसम्म ल्याउने तयारी गरेको छ। आज साँझसम्म नआए भोलि शुक्रबार भने मौद्रिक समीक्षा आउने राष्ट्र बैंक स्रोत बताउँछ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज बिहीबार साँझसम्म ल्याउने तयारी गरेको छ। आज साँझसम्म नआए भोलि शुक्रबार भने मौद्रिक समीक्षा आउने राष्ट्र बैंक स्रोत बताउँछ।
स्रोतका अनुसार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षाको प्रतिवेदन तयार पारेर बुझाइसकेको छ। ‘आजै म्यानेजमेन्ट कमिटीमा छलफल भएर लगभग टुंगिन्छ होला’, स्रोतले भन्यो, ‘त्यसपछि मौद्रिक समीक्षाको प्रतिवेदनमाथि राष्ट्र बैंकको बोर्ड बैठकमा छलफल हुनेछ। बोर्ड बैठक आज साँझसम्म पनि बस्न सक्छ। बैठक बस्यो भने आजै समीक्षा सार्वजनिक हुन सक्छ।’

About Us
प्रतिक्रिया