अम्बे सहकारीका अध्यक्षसहित ५ सञ्चालक पक्राउ, ४० करोड ठगेको आरोप

अम्बे सहकारीका अध्यक्षसहित ५ सञ्चालक पक्राउ, ४० करोड ठगेको आरोप


बैंकिङ्ग समाचार, काठमाडौं ।

बचतकर्ताहरूको करिब ४० करोड रुपैयाँ अपचलन गरेको आरोपमा सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका छन् ।

पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए । उजुरी दिएपछि पटक–पटक बचतकर्तासँग छलफल भएर रकम फिर्ता गर्ने सहमति सहकारीले गरेको भएपनि त्यसको कार्यान्वयन नगरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।