नोर्बु शेर्पाले शनिबार गोकर्ण गल्फ क्लबमा आठौं संस्करणको लक्ष्मी–सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिता जितेका छन् । दुई ह्यान्डीक्यापसाथ खेलेका उनले ४१ स्टेबलफोर्ड अंक बटुल्दै उपाधि जितेका हुन् ।
उनले पहिलो, तेस्रो, चौथो, १३, १८ औं होलमा बर्डी तथा १२ र १७ औं होलमा बोगी गरेका थिए । ११ ह्यान्डिक्याप साथ खेलेका आशिष श्रेष्ठ ४० स्कोरसहित दोस्रो भए । टासी डोङले वेस्ट ग्रस अवार्ड पाए । उनले ३९ ग्रस अंक जोडेका थिए ।

सुमित्रा खड्का महिलातर्फ विजेता बनिन् । उनले ३४ स्कोर गरिन्् । आरती राणा ३३ स्कोरसहित दोस्रो भइन् । महेशविक्रम कार्कीले सिनियर (६० वर्षमाथि) को उपाधि जिते । टेण्डी शेर्पासँगै समान ३४ अंक भए पनि उनले काउन्ट ब्याकका आधारमा उपाधि जितेका हुन् ।
सदभाव आचार्यले लङ्गेस्ट ड्राइभ र ताहिर शाहले क्लोजेस्ट टु द पिनको अवार्ड पाए । वाङचेन ढोन्डुपले चार बर्डी र एउटा इगलका साथ सर्वाधिक बर्डीको उपाधि पाए । बैंकतर्फ विजयबहादुर श्रेष्ठले मोस्ट इलिजेन्ट अवार्ड पाए । लक्ष्मी–सनराइज बैंकको मुख्य प्रायोजनमा स्टेबल फर्म्याट ३/४ ह्यान्डिक्यापमा खेलिएको प्रतियोगितामा ९६ खेलाडी सहभागी थिए ।
विजयी खेलाडीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कृत गरे ।





About Us
प्रतिक्रिया