बीमा समाचार

लाभांश घोषणा गर्ने पहिलो बीमा कम्पनी बन्यो नेपाल इन्स्योरेन्स, नगदमा कति ?

लाभांश घोषणा गर्ने पहिलो बीमा कम्पनी बन्यो नेपाल इन्स्योरेन्स, नगदमा कति ?



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश घोषणा गरेको छ । योसँगै बीमा कम्पनीमा लाभांश घोषणा गर्ने नेपाल इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ।

नेपाल इन्स्योरेन्स सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९।९७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।