बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो सातै प्रदेशका लागि उल्लेखित पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङका लागि केही, जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजरका लागि केही कर्मचारी माग गरेको छ ।
उक्त पदहरुका लागि ब्याजलर डिग्री गरी सम्बन्धी क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
प्रतिक्रिया